काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–साँगा सडक सीमाभित्र निर्माण भएका संरचना भत्काइएको छ । उक्त सडकको भक्तपुर खण्डमा सडकको सीमा क्षेत्रभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना भत्काइएको हो ।
विस्तारित सडक अन्तर्गत ७५ फिट क्षेत्रभित्र निर्माण भएका घर टहरा हटाइएको आयोजनाले बताएको छ ।
सूर्यविनायक–धुलिखेल सडक आयोजनाले सूर्यविनायकदेखि साँगासम्मको साढे सात किलोमिटर सडक खण्डमा ७५ फिटभित्र निर्माण भएका संरचना भत्काउने निर्देशन दिएसँगै कतिपय घरधनी आफैले संरचना हटाउन थालेका छन् ।
आयोजनाले पहिलो चरणमा काभ्रेपलान्चोकतर्फ सडक सीमामा निर्माण भएका संरचना हटाएको र दोस्रो चरणमा सूर्यविनायकदेखि साँगासम्मको सडक सीमामा निर्माण भएका संरचना हटाएको छ ।