मकवानपुर । जिल्लामा हावाहुरीका कारण रुख ढल्दा एक विद्यालयको भवनमा क्षति पुगेको छ । शुक्रवार साँझ आएको हावाहुरीका कारण मकवानपुरको मनहरि गाउँपालिका–४ नयाबस्तीस्थित चेपाङ प्राथमिक विद्यालयको तीनकोठे पक्की भवनमा क्षति पुगेको हो ।
भवनमाथि सालको रुख ढल्दा विद्यालयको तीन वटै बिम भाँचिदिएको छ । शुक्रबार बेलुका हावाहुरीका कारण रुख ढल्दा स्कुल भवनमा क्षति पुगेको छ ।
विद्यालयमा चेपाङ,तामाङ र वनकरिया समुदायका १४० जना बालबालिका अध्ययन गर्छन् । तीन कोठा क्षतिग्रस्त भएकाले पढाइ प्रभावित हुने भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।