म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको परम वैदिक सनातन धार्मिक आश्रममा भोजनालय भवन निर्माण गरिएको छ । तीर्थयात्रीलाई निःशुल्क आवासीय सुविधा उपलब्ध गराउदै आएको आश्रममा १५० जना बसेर भोजन गर्न मिल्ने भोजनालय भवन निर्माण गरिएको हो ।
सङ्घीय सरकारको विशेष अनुदानमा बेनी नगरपालिकाले भान्छा कोठासहितको भवन, एक वटा शयनकक्ष र दुई वटा सार्वजनिक शौचालय निर्माण गरेको छ ।
धर्मशालामा बास बस्ने तिर्थयात्री र हरेक वर्षको पुष महिनामा श्रीहरि मन्दिरमा हुने धनुरमासको कथा श्रवणका लागि आउने भक्तजनलाई भोजन र प्रसाद वितरण गर्नका लागि भवन निर्माण गरेको पालिकाले जनाएको छ ।
भवन निर्माणका लागि बेनीको शंकर निर्माण सेवाले रु ५८ लाखमा ठेक्का सम्झौता गरेको थियो ।