काठमाडौं । कञ्चनपुरको स्याली नदीमा एक करोड बढी लागतमा तटबन्ध निर्माण गरिएको छ । सङ्घीय र प्रदेश सरकारको रु एक करोड चार लाख बजेटमा नदीको चार ठाउँमा गरी दुई सय ३५ मिटर तारजाली र ढुङ्गाको प्रयोग गरी तटबन्ध निर्माण गरिएको हो ।
स्याली नदीको बाढीले गर्जमुनी, खजुवा, बुढीनाला क्षेत्रमा बसोवास गर्ने बासिन्दाको जग्गा कटानी गरी क्षति पुर्याउँदै आएको थियो । तटबन्ध निर्माण भएपछि यहाँका बासिन्दालाई ढुक्क भएको छ ।
तटबन्ध निर्माणले बच्नुका साथै नदीकै कारण विस्थापनमा पर्ने सम्भावना समेत टरेको स्थानीयको भनाइ छ ।