काठमाडौं । भोजपुरको खोक्सिकमा निर्माणाधीन स्वास्थ्यचौकी भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रामप्रसादराई गाउँपालिका–८ खोक्सिक प्रदेश सरकारबाट प्राप्त रु २५ लाख बजेटमा स्वास्थ्य चौकी भवन निर्माण भइरहेको हो ।
गाउँमै स्वास्थ्य चौकी भवन निर्माण हुने भएपछि स्थानीयबासी खुसी भएका छन् । आफ्नै ठाउँमा स्वास्थ्यचौकीको पक्की भवन हुने भएपछि उत्साह बढेको र स्वास्थ्य सेवामा केही सहज हुने आशा जागेको उनीहरुको भनाइ छ ।
स्वास्थ्यचौकी नहुँदा विगतमा सामान्य सेवा लिनका लागि दुईदेखि तीन घण्टा लगाएर अन्य ठाउँमा जानुपर्ने बाध्यता थियो । देशमा सङ्घीयता आएपछि स्वास्थ्यचौकी स्थापना भएपनि स्वास्थ्यचौकीको भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको थियो ।