ताप्लेजुङ । जिल्लाको सिदिङ्वा गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् । मंगलवार राति घरमाथिबाट आएको पहिरोले हस्तबहादुर कटुवालको घर
पुरिएको हो ।
पहिरोले घर पुरिँदा कटुवालसहित उनकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते भएको प्रहरीले जनाएको छ ।
घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो । कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि पाँचथर लगिएको प्रहरीले जनाएको छ ।