काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अलपत्र योजना सम्पन्न गर्न बजेट विनियोजन गरेको बताएका छन् । बुधवार राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री दाहालले भौतिक मन्त्रालयले अलपत्र परेका योजनाहरुलाई सम्बोधन गर्ने गरी यो वर्ष पनि बजेट विनियोजन गरेको बताएका हुन् ।
उनले कतिपय पुल तथा बाटाहरु आदिभन्दा बढी बनिसकेका भए पनि अलपत्र अवस्थामा रहेको भन्दै पूर्ण रुपमा लगत सङ्कलन गरेर काम गर्ने बताए ।
मन्त्री दाहालले बजेट जनमैत्री बनाउन र उत्पादनसँग बजेटलाई जोड्ने कोसिस गरिरहेको बताए । उनले भने, “पूर्वपश्मिचमा चार वटा राजमार्गहरु बनिसकेपछि त्यहाँ रोजगारी सिर्जना, व्यापारहरु बढ्दै जानेछन् । जसले गर्दा उत्पादन र आम्दानी बढ्नेछ ।”