रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ को वडा कार्यालय निर्माण सम्पन्न भएको छ । एक करोड २५ लाख लागतमा निर्माण गरिएको भवनको शुक्रवार उद्घाटन समेत गरिएको छ ।
वडाले नवनिर्मित पक्की भवनबाट सेवा प्रवाह समेत सुरु गरेको छ । प्रशासकीय भवन तीन तलामा १५ कोठाको छ । निर्माणको जिम्मा न्यू विके विल्र्डस एण्ड सप्लायर्स निर्माण प्रालिले लिएको थियो । निर्माण कम्पनीले निर्धारित समयमा भवन निर्माण गरी हस्तान्तरण गरेको नगरप्रमुख रवि केसीले जानकारी दिए।
उक्त भवनबाट सेवा प्रवाह भएसँगै वडाको कामकाज गर्न सहज हुने वडा कार्यालयले जनाएको छ ।