भोजपुर । हतुवागढी गाउँपालिकाको भवन धमाधम निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २८ कोठे भवन निर्माणको काम हालसम्म ९० प्रतिशत पूरा भएको हो ।
मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु सात करोड ५० लाख ४४ हजार १३७ को लागतमा निर्माणाधीन भवनको काम आगामी भदौसम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।
भवन गाउँपालिकाको ४० प्रतिशत र केन्द्र सरकारले ६० प्रतिशत लगानी गर्ने गरी निर्माण थालिएको हो । केन्द्र सरकारले हालसम्म साझेदारी रकमको रु दुई करोड ३७ मात्र प्राप्त भएको गाउँपालिले जनाएको छ । गाउँपालिकाले रु पाँच करोड लगानी गरिसकेको छ । गाउँपालिका भवन निर्माणको लागि हालसम्म रु छ करोड ९० भुक्तानी भइसकेको छ।