कञ्चनपुर। कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिकाले मुक्त हलियाको घर निर्माण गर्न बजेट छुट्याएको छ। नगरपालिकाले २५ घर निर्माणका लागि ५० लाख बजेट विनियोजन गरेको हो।
घरको व्यवस्था नभएका उनीहरूको आवासका लागि नगरपालिकाको कोषबाट रकम खर्च गर्ने निर्णय गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताए । मुक्त हलिया पुनःस्थापनाका लागि नगरपालिकाको वडा १ वन्साहमा जग्गा खरिद गरिएको छ।
पुनःस्थापनका लागि छनोटमा परेका २७ परिवारमध्ये २५ परिवारलाई घर निर्माणका लागि दुई लाखका दरले शुन्य मौज्दातमा बैंकमा खाता खोलेर रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ। उनीहरूलाई सात धुरका दरले घरबासका लागि जग्गा उपलब्ध गराइएको छ। उक्त जग्गामा दुई कोठा, एक बरण्डा र शौचालय सहितको घर निर्माण हुने बताइएको छ।