रसुवा। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) भवनको कामले गति लिन सकेको छैन। निर्माण सुरु भएको तीन वर्षमा पचास प्रतिशत काम सकिएको हो।
सहरी तथा भवन निर्माण आयोजनाका अनुसार निर्माणको पहिलो समयअवधिमा काम सम्पन्न नभएपछि दोस्रो पटक समय थम गरी काम अगाडी बढाइएको हो।
कानुनी प्रक्रिया, ट्रान्सफर्मरको व्यवस्थापनमा ढिलाई, निर्माण सामग्रीको अभाव, कामदारको अभाव, नाकामा डाइभर्सन पुल निर्माण लगायतका कारण कामले गति लिन नसकेको आयोजनाले जनाएको छ। भवन निर्माणका लागि लगभग ६२ करोड खर्च हुने भएको छ।