काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद हितबहादुर तामाङले मनसुनी वर्षाका कारण नुवाकोटको सूर्यगढी गाउँपालिकाको १२८ घर परिवार जोखिममा परेको जानकारी दिएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद तामाङले यस्तो जानकारी दिएका हुन् ।
उनले यस क्षेत्रमा रहेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन् ।
त्यसैगरी माओवादी केन्द्रका सांसद माधव सापकोटाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ‘इको पहिरो’ले अरनिको राजमार्ग अवरुद्ध भएको जानकारी गराएका छन् । उक्त पहिरोका कारण १२ वटा घर र एउटा गुम्बा उच्च जोखिममा परेको उल्लेख गर्दै उनले पहिरो रोक्न र बस्ती जोगाउन सरकारको ध्यानाकर्षण समेत गराए ।