मुस्ताङ । थासाङ गाउँपालिकाको प्रशासकीय भवन बनाउन शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष प्रदीप गौचन र उपाध्यक्ष सोमल हिराचनले संयुक्त रुपमा प्रशासकीय भवनको शिलान्यास गरेका हुन् ।
आगामी विसं २०८३ फागुन मसान्तसम्म भवन निर्माण गर्ने गरी भवन निर्माणको काम अगाडि बढेको छ ।
गत महिनामै शर्मा अनिष एन्ड आशिष जेभीसँग रु आठ करोड ४९ लाख दुई हजार ६१ को लागतमा भवन निर्माण सम्झौता गएको थियो । भवन नेपाल सरकार सहरी विभाग स्थानीय पूर्वाधार आयोजनाको ६० प्रतिशत र गाउँपालिकाबाट ४० प्रतिशत लगानीमा निर्माण हुनेछ । तीनतले सुविधा सम्पन्न भवन बन्नामा सभाहलसहित ३० वटा कोठा र परिसरमा आवश्यक पूर्वाधार निर्माण गरिने छ ।
२०७३ फागुन १६ गतेदेखि गाउँपालिकाले वडा नम्बर २ स्थित कोबाङबाट भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको छ ।