झापा । झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ ।
कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा दुई करोड ३० लाख लागतमा विद्युतीय शवदाह गृह निर्माण गरिएको हो ।
विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको रु दुई करोड, नगरपालिकाको रु २० लाख र विभिन्न दाताको १० लाख लगानी रहेको छ। कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विद्युतीय शवदाह गृह कनकाई नगरपालिकाले सञ्चालन गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको जानकारी दिए ।
गत साउन २७ गते परीक्षणका क्रममा झापा गाउँपालिका पन्थापाडाकी ८० वर्षीया हेमती राजवंशीको शव दहन समेत गरिएको छ ।