मुस्ताङ । थासाङ गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । भवन निर्माणका लागि गाउँपालिका अध्यक्ष प्रदीप गौचन र उपाध्यक्ष सोमल हिराचनले संयुक्त रुपमा शिलान्यास समेत गरिसकेका छन् ।
आगामी विसं २०८३ फागुन मसान्तसम्म भवन निर्माण गर्ने गरी भवन निर्माणको काम अगाडि बढेको हो।
गत महिनामै शर्मा अनिष एन्ड आशिष जेभीसँग रु आठ करोड ४९ लाख दुई हजार ६१ को लागतमा भवन निर्माण सम्झौता गएको थियो । भवन नेपाल सरकार सहरी विभाग स्थानीय पूर्वाधार आयोजनाको ६० प्रतिशत र गाउँपालिकाबाट ४० प्रतिशत लगानीमा निर्माण हुनेछ । तीनतले सुविधा सम्पन्न भवन बन्नामा सभाहलसहित ३० वटा कोठा र परिसरमा आवश्यक पूर्वाधार निर्माण गरिने छ ।
२०७३ फागुन १६ गतेदेखि गाउँपालिकाले वडा नम्बर २ स्थित कोबाङबाट भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको छ ।