काठमाडौं। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर–५ पिप्लेमा निर्माण भइरहेको पिप्ले रंगशाला निर्माणका लागी आर्थिक सहयोग गर्ने भएका छन्। निर्माणधिन रंगशाला निर्माणको लागि हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले ५ लाख रुपैयाँ सहयोग गर्ने भएका हुन्।
यस अघिपनि खेल क्षेत्रमा सहयोग गर्दै आएका जोशीले जिल्लामा एक सुविधासम्पन्न रंगशाला आवश्यक रहेको भन्दै पाँच लाख रुपैँया सहयोग गर्ने घोषणा गरेका छन्।
निर्माणधिन रंगशालको अहिले प्यारापिट ढलान तथा फलामे प्यारापिट निर्माण कार्य भइरहेको छ। ३ हजार ५ सय जना अट्ने आरसिसि प्यारापिट तथा उत्तिकै संख्यामा अट्नेगरि फलामे प्यारापिटको निर्माण कार्य भैरहेको सन्दर्भमा प्रिन्सिपल जोशिले रंगशाला निरिक्षण गरिसकेपछि सहयोगको घोषणा गरेका हुन्।