भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका ६ विपन्न दलित परिवारले नयाँ घर पाएका छन् । जनता आवास कार्यक्रममार्फत आर्थिक अवस्था कमजोर भएका उनीहरुलाई घर दिइएको हो ।
एउटा घर तीन लाख ३६ हजार लागतमा निर्माण गरिएको वडाध्यक्ष वाचकुमार राईले जानकारी दिए । घर निर्माणले विपन्न परिवारलाई सुरक्षित आवास र सहज जीवनयापनमा ठूलो टेवा पुगेको उनले बताए ।
सहरी विकास तथा भवन डिभिजन कार्यालय, धनकुटाबाट आएको बजेटमार्फत घर निर्माण गरिएको वडाले जनाएको छ ।
नयाँ घर पाएसँगै लाभग्राही पनि खुसी भएका छन् ।