दाङ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले तुलसीपुर उद्योग वाणिज्य सङ्घको कार्यालयबाट आफ्नो सेवा आजदेखि सुरु गरेको छ। जेनजी प्रदर्शनका क्रममा कार्यालयका दुईवटा भवन र निवास पूर्ण रुपमा क्षतिग्रस्त बनेपछि कार्यालयले उद्योग वाणिज्य सङ्घको कार्यालयबाट आफ्नो सेवा सुरु गरेकाे हाे ।
प्रदर्शनका क्रममा दुई गाडी, कार्यालयभित्र रहेका सम्पूर्ण सामग्री समेत जलेर नष्ट भएका छन् । भवनमा बस्न नमिल्ने भनि प्राविधिक टोलीले सुझाव दिएको कार्यालय प्रमुख टण्डनले बताए। तत्कालका लागि तुलसीपुर उद्योग वाणिज्य सङ्घले निःशुल्क उपलब्ध गराएको कार्यालयबाट सेवा सुरु गरिएता पनि केही समयपछि भाडाको घरबाट सेवा दिनुपर्ने अवस्था रहेको प्रमुख कर अधिकृत टण्डन बताउँछन् ।
जिल्लाका धेरै सरकारी कार्यालयले अझै सेवा सुरु गर्न सकेका छैन्। केही कार्यालयले पाल टाँगेर सेवा सञ्चालन गरेका छन् ।