सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर बुद्धपथमा निर्माण भइरहेको सिटी हलको दोस्रो चरणको काम शुरु नै हुन सकेको छैन। रकम अभावका कारण सिटी हलको दोस्रो चरणको काम शुरु हुन नसकेको हो।
बहुउद्देश्यीय सभाहल, बैठक कक्ष र पर्खाल निर्माणको काम बाँकी छ। ७ सय ८० जना अट्ने क्षमताको सभाहल, १ सय ५० व्यक्ति अट्ने दुुईवटा बैठक कक्ष भने पहिलो चरणमा नै निर्माण भइसकेका छन्।
तीन वर्षमा काम सक्ने सम्झौता भएकोमा अरु डेढ वर्ष म्याद थप गरेर पहिलो चरणको निर्माण सम्पन्न गरिएको थियो। २३ करोड लागतमा पहिलो चरणको काम पूरा गरेर निर्माण व्यवसायीले सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ।
दोस्रो चरणको कामका लागि करिब ६ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।