रामेछाप । तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको आफ्नै भवन बनको छ । भिजन हिमालय फाउण्डेसन स्विजरल्याण्ड र तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको संयुक्त लगानीमा मन्थलीको तामाकोसी सेवा समिति परिसरमा आँखा केन्द्रको दुई तले भवन बनेको हो ।
कूल डेढ करोड रुपैँयाको लागतमा बनको भवनमा ५५ प्रतिशत लगानी भिजन हिमालय फाउण्डेसन स्विजरल्याण्डको रहेको आँखा केन्द्रका अध्यक्ष डा.सुमन कर्माचार्यले जानकारी दिए । नवनिर्मित भवनको भिजन हिमालय फाउण्डेसन स्विजरल्याण्डका उपाध्यक्ष डा.रोमन ग्रेम्जरले उद्घाटन गरे ।
भवन उद्घाटन अघि भएको प्रेस ब्रिफिङ कार्यक्रममा डा।रोमनले आफू सन् १९९६ मा पहिलो पटक नेपाल आएको बताउँदै त्यस यता तिलगंगा आँखा प्रतिष्ठानसँग मिलेर आँखा उपचार शिविर सञ्चालन गरेको बताए ।