काठमाण्डौं। प्रदेश नं २ का तीन जिल्लाका तीन हजार २३४ दलित विपन्न परिवारले पक्की भवन पाएका छन्। वर्षौँ देखि फुसको छानोमा जिवन विताइरहेका दलित विपन्न परिवारले पक्की भवन पाएका हुन्।
जनता आवास कार्यक्रमअन्तर्गत सरकारले पक्की घर बनाइदिएपछि घरको समस्याबाट मुक्त भइयो, अब त केबल कमाएर परिवार मात्र पाल्नु छ।” उनिहरुले बताए। आर्थिक विपन्नता र गरिबीको मार खेप्दै आएका आफू यो जुनीमा पक्की घरमा सुत्न पाउँछु भने कल्पना नै नगरेको भन्दै उनिहरुले सरकारलाई धन्यवाद दिए।
जनता आवास कार्यक्रमअन्तर्गत विगत पाँच वर्षको अवधिमा प्रदेश नं २ को धनुषा, महोत्तरी र सर्लाहीका तीन हजार २३४ दलित तथा विपन्न परिवारले पक्की भवन पाएका छन्। कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७२।७३ देखि आव २०७७।७८ सम्म धनुषाका ७९५, महोत्तरीका एक हजार ५६० र सर्लाहीका दुई हजार ३७० गरी चार हजार ७२५ दलित तथा विपन्न परिवारले पक्की आवास भवनका लागि सम्झौता गरेका हुन्। तीमध्ये धनुषाका ५०६, महोत्तरीका एक हजार ५८ र सर्लाहीका एक हजार ६७० गरी तीन हजार २३४ दलित तथा विपन्न परिवारले पक्की आवास भवन पाएको सहरी विकास तथा भवन कार्यालय जनकपुरले जनाएको छ।
अतिविपन्न तथा दलित समुदायलाई आवास उपलब्ध गराउने सरकारी योजनाअनुसार आर्थिक वर्ष ०६६।०६७ देखि धनुषा, महोत्तरी र सर्लाहीलगायतका जिल्लामा जनता आवास कार्यक्रम सञ्चालन भइरहेको छ।