जुम्ला। जुम्लाका दुई वटा नगरपालिका आफ्नै कार्यालय भवन निर्माण गरिरहेका छन्।
तिला गाउँपालिकाले कार्यालय भवन तीन वटा ब्लकमा निर्माण थालेको छ। मुख्य कार्यालय रहने )क)भवन निर्माणका लागि ३ करोड ७५ लाख २४ हजार १५३ रुपैयाँ बजेट छुट्याइएको छ।
त्यसैगरी (ख) ब्लक भवनको बजेट १ करोड १६ लाख ३३ हजार १५ रुपैयाँ रहेको छ। (ग) ब्लक भवन निर्माणका लागि ४२ लाख ४५ हजार ९६८ रुपैयाँ छुट्याइएको छ।
त्यसैगरी सिंजा गाउँपालिकाले ६ करोड रुपैयाँको बजेटमा आफ्नो कार्यालय भवन निर्माण गर्न थालेको छ। गाउँपालिकाले वडा नम्बर ३ को नराकोटमा कार्यालय भवन निर्माण गर्न थालेको हो।
सिंजाबासीले गाउँपालिका भवन निर्माण गर्न निःशुल्क जग्गा उपलब्ध गराएपछि पालिकाले भवन निर्माण थालेको हो।