पर्वत । जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गत शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय मातहत रहने गरी सामाजिक विकास कार्यालय स्थापना गरिएको हो ।
नवनिर्मित सामाजिक विकास कार्यालयको गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गरेका छन् ।
सदरमुकाम कुश्माबजारस्थित वडागाउँमा रहेको साविक भूकम्प पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) रहेको भवनमा यो कार्यालय स्थापना गरिएको हो । विशेषगरी शिक्षा, संस्कृति, ज्येष्ठ नागरिक, महिला तथा बालबालिका, अल्पसंख्यक, पिछडिएका वर्ग, सामाजिक सुरक्षा, श्रम तथा रोजगार लगायतका क्षेत्रमा काम गर्नेगरी कार्यालय स्थापना गरिएको हो ।
।