काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरुकाबीच सहमति र राष्ट्रको हित अनुकूल हुने गरी एमसीसीलाई अगाडि बढाउनुपर्ने बताएका छन्।
पार्टीको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) द्वारा बुधवार परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रिय सहमतिका आधारमा नै एमसीसी बारे निर्णय हुने बताएका हुन्।
उनले भने,“ पार्टीले समय आएपछि एमसीसीका विषयमा निर्णय लिन्छ । यस विषयमा सहमतिकै आधारमा अघि बढाउनुपर्छ।” अध्यक्ष यादवले राज्य पुनःसंरचना आयोगले सिफारिस गरे अनुसारको प्रदेश बनाउनुपर्ने र स्थानीय तहको संरचना पनि परितर्वन गर्नुपर्नेमा समेत जोड दिए।