रसुवा। निर्माणाधीन माथिल्लो सान्जेन जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। १४.८ मेगावाटको सान्जेन जलविद्युतको काम ९२ प्रतिशत पूरा भएको हो।
आयोजनाको बाँध, सुरुङ, विद्युतगृह लगायतका सिभिल संरचनाको काम ९९ प्रतिशत पूरा भएको कम्पनीले जनाएको छ। आगामी ७ महिनामा उत्पादन शुरु गर्ने गरी काम भइरहेको कम्पनीले जनाएको छ।
२०६९ मंसिर १० गते ठेक्का सम्झौता गरी निर्माण शुरु गरिएको यस आयोजनाको इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम भइरहेको छ। हालसम्म करिब ६५ प्रतिशत जडान पूरा भएको छ। बाँकी उपकरण जडानको काम ७ देखि ९ महिनाभित्र सम्पन्न गर्ने कम्पनीले जनाएको छ।
यस आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको चिलिमे हब सबस्टेसनमा जोडिनेछ। सबस्टेसनसम्मको आवश्यक ५.९ किलोमिटर लामो प्रसारण लाइनको काम पूरा भएको छ।