काठमाडौं। मंगलबार रातिदेखि बुधबारसम्म परेको बेमौसमी वर्षाका कारण रौतहटका इँटा उद्योगमा करोडौं मूल्य बराबरको क्षति भएको छ। वर्षाले पोल्नका लागि राखिएको एक सयभन्दा बढी इँटा उद्योगमा करोडौं मूल्य बराबरको क्षति पुर्याएको हो। वर्षाको कारणले काँचो इँटा गलेर नष्ट भएको हो।
हाल रौतहटमा १ सय ६२ वटा इँटा उद्योग संचालनमा रहेकोमा वर्षाले प्रायः सबै इँटा उद्योगहरुमा क्षति पुर्याएकोले कम्तीमा ५ करोडभन्दा बढी मूल्यको इँटा गलेर नष्ट भएको इँटा उत्पादक संघ रौतहटले जानकारी दिएको छ।