खोटाङ। खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवन गुणस्तरहीन भएको पुष्टि भएको छ। ललितपुरस्थित गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले उक्त निर्माणाधीन भवन गुणस्तरहीन भएको पुष्टि गरेको हो।
रुजन–जगदम्बा–भुवनेश्वरी एन्ड वैभव जेभीद्वारा निर्माणाधीन भवन गुणस्तरहीन भएको पुष्टिपछि ठेक्का रद्द गरिएको छ।
निर्माणाधीन भवन गुणस्तरहीन भएको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले प्रतिवेदन दिएपनि उक्त भवन निर्माणमा संलग्न प्रतिनिधिले किर्ते गरेर गाउँपालिकालाई प्रतिवेदन बुझाएको र गुणस्तरका लागि पटकपटक अनुरोध गर्दा समेत बेवास्ता गरिएकाले ठेक्का रद्द गर्नु परेको गाउँपालिकाले जनाएको छ।
भवन तीन करोड ६९ लाख लागत इस्टिमेटको आधारमा टेन्डर आह्वान गरिएपनि दुई करोड ६८ लाख ४३ मा उक्त कम्पनीले ठेक्का पारेको थियो।