काठमाडौं। पर्साको पोखरिया नगरपालिकामा अवस्थित पोखरिया अस्पताललाई स्तरवृद्धि गरी ५० शय्या बनाउन प्रदेश सरकारसमक्ष माग गरिएको छ। अहिले १५ शय्याको उक्त अस्पताललाई स्तरोन्नति गरी ५० शय्या बनाउन प्रदेश सरकारसमक्ष माग गरिएको हो।
उक्त अस्पतालको स्तरोन्नतिसहित भौतिक संरचना वृद्धिबारे सामाजिक विकासमन्त्री नवलकिशोर साहसमक्ष छलफल गरिएको नगरप्रमुख रौनियारले जानकारी दिए। अस्पतालको अहिले रहेको भवनमा माथिलो तल्ला थप गर्न मन्त्रालयसँग रकम निकासा गर्नसमेत माग गरिएको छ। साथै अस्पतालमा आवश्यक औषधिसहित शल्यक्रिया कक्ष, आइसियु तथा नवजात शिशु सघन हेरचाह एकाइ सेवा सञ्चालन गर्न थप रकम उपलब्ध गराउनसमेत प्रदेश सरकारसमक्ष माग गरिएको हो।