काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ संसद् भवनको निर्माण र व्यवस्थापन पक्षको निरीक्षण गर्दै सबै तयारी पूरा भएको बताएका छन् ।
निरीक्षणका क्रममा उहाँले प्रतिनिधि सभाको छुट्टै बैठक र आवश्यक परेको खण्डमा दुवै सदनको संयुक्त बैठक सञ्चालनका लागि समेत पूर्वाधार तयार रहेको जानकारी दिएका हुन् । उनले कार्यव्यवस्था समितिको बैठक कक्ष र सभामुखको कार्यकक्ष समेत तयार भइसकेको बताए।
सपथ ग्रहणका लागि मात्र नभइ पूर्ण अधिवेशन सञ्चालनका लागि समेत भवन तयार रहेको उनको भनाइ छ । सिट प्लानिङ र फर्निचरको व्यवस्थापनलाई ‘राम्रो’ भन्दै उनले माइक र स्क्रिन जडानको काम समेत द्रुत गतिमा भइरहेको उनले उल्लेख गरे ।
अस्थायी व्यवस्थापन भए पनि फर्निचर र प्रविधिको प्रयोग सन्तोषजनक रहेको र काम द्रुत गतिमा अगाडि बढेको उनले बताए।