काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा रहेको पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको निजी निवास भत्काउन थालिएको छ। भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा आक्रोशित भिडले आगजनी गरेपछि पूर्ण रूपमा क्षति पुगेको घर अहिले धमाधम भत्काउने काम भइरहेको हो।
प्रदर्शनकारीको निशानामा परेको सो बंगलाको संरचना आगलागीका कारण क्षतविक्षत भएपछि सुरक्षा र पुनर्निर्माणका दृष्टिले प्रयोग गर्न नमिल्ने ठहर गर्दै भत्काउन सुरु गरिएको हो।