मोरङ। मोरङमा २ यस ५२ शैय्याको कोभिड उपचार केन्द्र बनाइने भएको छ। कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टलाई लक्षित गरी प्रदेश १ सरकारले कोसी कोभिड–१९ उपचार केन्द्रलाई विस्तार २ सय ५२ शैय्याको बनाउन लागेको हो।
स्वीट्जरल्यान्ड सरकारको सहयोगमा प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालय विराटनगरले निर्माण गरेको उक्त अस्पतालमा ६७ शैय्या थप्न लागिएको हो। यसमा अक्सिजन प्लान्ट पनि जडान गरिने भएको छ।
तत्कालीन साल्ट ट्रेडिङको गोदाममा १८ वटा भेन्टिलेटरसहितको २४ वटा आईसीयू र ५२ वटा एचडीयूसहित ७६ शय्याको अस्पताल र गोदामकै खाली जमिनमा अक्सिजन प्लान्ट, शवगृह र वेस्ट म्यानेजमेन्ट ब्लक निर्माण गरिरहेको छ । आगामी एक साताभित्र सबै संरचनाको निर्माण सम्पन्न गरेर सहरी विकास तथा भवन कार्यालयलाई हस्तान्तरण गर्ने गरी काम अघि बढाएको निर्माण कम्पनीले जनाएको छ।
महादेव खिम्तीरस्वामी नारायणरअञ्जना जेभीले कुल ३ करोड रुपैयाँको लागतमा दक्षिण ब्लकको आईसीयू, एचडीयू, वेस्ट म्यानेजेमन्ट र शवगृह निर्माण, एलिसा कन्स्ट्रक्सनले १७ लाख रुपैयाँ लागतमा अक्सिजन प्लान्ट निर्माण र प्रभु गंगा निर्माणले १७ लाख रुपैयाँमा एचभीएसी जडानको ठेक्का लिई तीव्र गतिमा निर्माण गरिरहेका छन्।