ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का आगामी साउनभित्र पुनः सम्झौता गर्न निर्देशन दिएका छन्।
मन्त्रालयले हाल आयोजनाको मूल्याङ्कन र नयाँ टेन्डर प्रक्रिया अघि बढाइरहेको छ। यसअघि काम सन्तोषजनक नभएको भन्दै गत ८ मंसिरमा ठेक्का तोडिएको थियो।
आयोजनाअन्तर्गत बाँध, विद्युत् गृह र सुरुङ निर्माणका काम रोकिएका छन्। सम्पन्न भएपछि मधेशका पाँच जिल्लामा १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने लक्ष्य छ।
यसअघि ठेक्का पाएको कम्पनीले करिब १० प्रतिशत मात्र काम गर्दा सम्झौता तोडिएको थियो भने करिब ३ अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेन्टी जफत गरिएको थियो।