काठमाडौं। सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ। हिजो खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडा, जिल्ला सम्वन्य समितिका उपप्रमुख अम्बिका खवासले संयुक्तरूपमा भवनको शिलान्यास गरेका हुन।
सोही अवसरमा नगरप्रमुख खतिवडाले तोकिएको समयमै निर्माण सम्पन्न गरेर भवन हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए।
भवन निर्माणको ठेक्का अरुण बरुण निर्माण सेवा कम्पनी खाँदबारी–३ ले पाएको छ। भवन निमार्णका लागि भ्याटबाहेक एक करोड ८५ लाख ९२ हजार १४६ मा सम्झौता भएको हो। यो भवन सम्पन्न भएसँगै नगरका ११ वटै वडाका सुविधा सम्पन्न भवन हुनेछन्।
उक्त नगरपालिकाले यस वर्ष नौवटा वडा कार्यालय भवन निर्माण सम्पन्न गर्दैछ। भवन २०८० असार १५ सम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ।