विराटनगर। ४२ वर्षपछि प्रदेश १ प्रहरी कार्यालय विराटनगरको नयाँ र आधुनिक भवन निर्माण भएको छ। सरकारी बजेट ५० लाखमा २०३६ सालमा निर्माण भएको पुरानो संरचनाबाट नयाँ संरचनामा सर्ने भएको हो।
पुरानो संरचना भत्काएर नयाँ संरचना निर्माण भइरहेको छ, जुन प्रदेश सरकारको लगानीबाट निर्माण भइरहेको हो। प्रदेश भरिमा पक्की २३६ वटा संरचनामा प्रहरी कार्यालय रहेका प्रदेश प्रहरी कार्यालयले बताएको छ।
प्रदेशभरमा जम्मा ५७९ वटा प्रहरी कार्यालय रहेका छन्। त्यसमध्य पक्की भवन २३७ वटा र कच्ची भवन १५० वटा रहेका छन्। अहिले पनि ६४ प्रहरी इकाइ भाडाका घरमा रहेका छन्। यस्तै अन्य विभिन्न कार्यालय रहेका १२५ प्रहरी इकाई रहेका छन् भने तेह्रथुममा तीनवटा पहरी चौकी स्थापना हुन बाँकी रहेका छन्।
धनकुटा जिल्लाको निर्माणकै क्रममा रहेको छ भने बाँकी कार्यालयको आधुनिक र नयाँ भवन मा छन्। प्रदेश १ का १४ वटा जिल्ला कार्यालय मध्ये १३ वटा जिल्ला प्रहरी कार्यालयको भवन पक्की रहेका छन्।