सोलुखुम्बु। सामुदायीक ग्रामिण विद्युतिकरण विभागसँग सोलुखुम्बु जिल्लाको दुर्गम स्थानमा रहेको महाकुलुङ् गाउँपालीकाले ग्रामिण विद्युतिकरणका लागी सम्झौता माग गरेको छ।
लगभग १५ करोड सामुदायीक ग्रामीण विद्युतीकरण विभाग,गाउँपालीका र जीआईजेटको लगानीमा निर्माण हुने विद्युतिकरणका लागी गाउँपालीकातर्फबाट गाउँपालीका अध्यक्ष र किराँत विभागबाट निर्देशकले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो।
विद्युतिकरणका लागी गाउँपालीकाका पाँच वटै वडामा सम्झौता गरिएको छ। सम्झौता पत्रमा उल्ले भए अनुसार महाकुलुङ्सम्मका लागी १६ थान ट्रान्सफर्मर प्रयोग हुने छन्। स्टील ट्युबलर ११ मिटरको ९६२ थान र आठ मिटरको एक हजार ३६६ थान प्रयोग गरिने सम्झौता भएको छ।
गाउँपालीकाका अध्यक्षका अनुसार विद्युतीकरणका लागी छिट्टै टेण्डर आव्हान हुनेछ। उहाँका अनुसार गाउँपालीकालाई उज्यालो बनाउने उद्धेश्यलाइ पूर्णता दिनका लागी सम्झौताले सहयोग पुर्याएको छ। हाल त्यस क्षेत्रमा लघु जलविद्युत् आयोजनाबाट विद्युत् आपुर्ति भइरहेको छ।