सुर्खेत। सुर्खेत मेडिकल कलेजको गुरुयोजना तयार भएको छ। पूर्वाधार निर्माण विकास आयोजना मार्फत गुरुयोजना निर्माण सकिएको हो।
मेडिकल कलेजको गुरुयोजना निर्माण भएर प्रारम्भिक सर्वेको काम भइरहेको छ। वीरेन्द्रनगर नगरपालिका ११ र १३ वडाका बस्तीपुरको बतासे डाँडामा मेडिकल कलेजका लागि गुरुयोजना बनाइएको छ।
गुरुयोजना र प्रारम्भिक सर्वेमा ८२ विगा जग्गा अधिग्रहणका लागि तयारी गरिएको छ। सर्वे शुरु भएसँगै अब वातावरणीय प्रभाव मुल्याङ्कन (आईई) हुनेछ। त्यसपछि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भएपछि निर्माणका कामहरु हुने बताइएको छ।
गत दुई वर्षमा आएको पुँजीगत रकम पनि डिपीआर तयार नुहँदा खर्च भएन्। गत दुई आर्थिक वर्षमा १० करोडका दरले २० करोड आएको नेपाल सरकारले विनियोजन गरेको थियो।
यो आर्थिक वर्षमा २ करोड रकम विनियोजन भएको छ। यो रकमले वातावरणीय प्रभाव मुल्याङ्कन र विस्तृत परियोजना प्रतिवेदन तयार पार्न खर्च हुने आयोजनाले जनाएको छ। वातावरणीय प्रभाव मुल्याङ्कन सकिएपछि सरकारले कति जग्गा दिने हो त्यसको टुंगो लाग्ने आयोजनाले जनाएको छ। तत्काल वातावरणीय प्रभाव मुल्याङ्कन गर्ने कार्ययोजना आयोजनाको रहेको छ।