काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले करार सेवामा विभिन्न चार पदमा २५ जना कर्मचारी माग गरेको छ।
केन्द्रका अनुसार तह सातको इन्जिनियरमा १८ जना, तह छको प्रशासकीय अधिकृतमा २ जना, तह पाँचको प्राविधिक सहायकमा ४ जना र तह चारको कम्प्युटर अपरेटरमा १ जना माग गरिएको हो।
इच्छुक नेपाली नागरिकले आवश्यक कागजातसहित भदौ ४ गतेभित्र आवेदन दिन सक्नेछन्। इन्जिनियर र प्रशासकीय अधिकृतका लागि १ हजार २ सय, प्राविधिक सहायकका लागि ७ सय र कम्प्युटर अपरेटरका लागि ५ सय रुपैयाँ आवेदन दस्तुर तोकिएको छ।
उम्मेदवारको छनोट लिखित परीक्षा र अन्तर्वार्ताबाट गरिनेछ। आवेदनका लागि आवश्यक फाराम, कार्य विवरण र पाठ्यक्रम केन्द्रको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।
