काठमाडौं। पाँचथरको याङ्बरक गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ। नवनिर्मित भवनको गाउँपालिका अध्यक्षले शनिबार उद्धघाटन गरेका हुन्। संघीय सरकारसँगको साझेदारीमा १ करोड ७० लाख बढी लागतमा हिमतारा आरके जेभीले सो भवन निर्माण गरेको हो।
उक्त भवन निर्माणका लागि ०७७ असार १६ मा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएका भएपनि तोकिएको समय भन्दा अघि नै भवन निर्माण सम्पन्न भएको हो। भाडाको घरबाट सेवा प्रवाह गरिरहेको वडा कार्यालयको आफ्नै भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज भएको छ।