महोत्तरी। जिल्ला प्रहरी कार्यालय, जलेश्वर, अन्तर्गतको बसिष्ठ अधिकारीहरुको क्वाटर र मुख्य गेट सहितको कम्पाउन्ड निर्माण हुने भएको छ। उक्त क्वाटर र मुख्य गेट सहितको कम्पाउन्ड खाडल निर्माण प्रा.लि कम्पनिले एक करोड भन्दा माथिको लगानीमा निर्माण गर्न लागेको हो।
उक्त क्वाटरको निर्माण पछि वरिष्ठ अधिकारीहरु बस्नको लागी सहज हुने भएको छ। त्यसैगरी मुख्य गेट सहितको कम्पाउन्डको निर्माण सोही क्वाटरमा बस्ने कर्मचारीहरुको सुरक्षा होस् भन्ने उद्धेश्यले निर्माण गर्न लागिएको कम्पनिले जनाएको छ। सोहि गेटको निर्माणले प्रहरी कार्यालय पनि सुरक्षीत हुने आशा गरिएको छ।