दाङ। लुम्बिनी प्रदेशको स्थायी राजधानीका लागि गुरुयोजनाको प्रारम्भिक खाका तयार गरिएको छ। दाङ देउखुरीको राप्ती उपत्यकामा बन्ने स्थायी राजधानीको गुरुयोजनाको प्रारम्भिक खाका तयार भएको हो।
लुम्बिनी प्रदेशको पूर्वाधार विकास प्राधिकरणले परामर्शदाताले प्रारम्भिक रुपमा तयार पारेको गुरुयोजनालाई सरोकारवालासँगको प्रारम्भिक परामर्श पछि थप परिमार्जन गरि ल्याउन भनिएको जनाएको छ।
राजधानीको गुरुयोजनाले प्रारम्भिक रुपमा राप्ती गाउँपालिकाको तीन वटा वडा, गढवा गाउँपालिका र सितगँगाको दुईरदुई वटा वडा समेटेको छ। राजधानीको प्रशासनिक क्षेत्र बुद्धको प्रतिमा आकारमा रहने प्राधिकरणको अवधारणा रहेको छ। त्यही अनुसारको खाका तयार पारेर सरोकारवालाको विस्तृत छलफलमा लैजाने पूर्वाधार विकास प्राधिकरणले जनाएको छ।