कर्णाली प्रदेश अन्तर्गत शिवालय गाउँपालिका ३ जाजरकोटस्थीत १० शय्याको अस्पताल निर्माण हुने भएको छ। उक्त अस्पताल खड्का निर्माण सेवा चिसापानी ३ बाँकेले आठ करोड भन्दा माथीको लगानीमा निर्माण गर्न लागेको हो।
विभिन्न सेवा र सुविधा उपलब्ध गराईने उद्धेश्यले उक्तअस्पतालको निर्माण गर्न लागिएको कम्पनिले जनाएको छ। उक्त दश शय्याको अस्पताल निर्माण पछि बाँकेका जनता मात्र नभएर अन्य पाएक पर्ने स्थानका वासिन्दाहरु पनि लाभान्वित हुने छन्।
उपचारका लागी लामो समय लगाएर टाढा जानु परेकोले आफुहरुलाई समस्या भएको बताउँदै स्थानीयले उक्त सुविधा सम्पन्न अस्पतालको निर्माण पछि सहज हुने भन्दै खुसी व्यक्त गरेका छन्।