काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले नयाँ बीमा निर्देशिका जारी नभएसम्म बीमा समितिसँग वाता नगर्ने घोषणा गरेका छन्। दररेट र सर्त सम्बन्धि निर्देशिका संशोधनका विषयमा मंगलबार समितिसँग भएको वार्ता बिना निष्कर्ष टुंगिएको भन्दै अब खारेज नभएसम्म कुनै वार्ता नगर्ने महासंघले जनाएको हो।
महासंघ र इपानले निर्जिवन बीमा कम्पनीहरूले लागु गरेको बीमाको बढेको दर र नयाँ सर्त सम्बन्धी निर्देशिका खारेज गर्नुपर्ने माग राख्दै आएका छन्।
महासंघका अनुसार समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलसँगको भेटमा समितिले समस्या समाधानका लागि ठोस प्रस्ताव ल्याएको थिएन।
गत असोज ६ गते जारी पुनर्बिमा निर्देशिका, २०७८ भएको बीमाको दररेट र सर्तहरू हालसम्म संशोधन नभएकाले अव्यवहारिक निर्देशिका खारेज गर्न महासंघ र इपानले माग राखेका हुन् । महासंघ र इपानले समितिलाई दुईपटक र प्रधानमन्त्री शेर बहादुर देउवालाई समेत ज्ञापनपत्र बुझाइसकेका छन्।