काठमाडौं । तारकेश्वर नगरपालिकामा कृषि बजार निर्माणको ठेक्का 'न्यू ड्राइगोन बिजि सबिरा जेभि महाराजगंज' ले पाएको छ । नगरपालिकाले एक सूचना जारी गरी कृषि बजारको ठेक्का न्यू ड्राइगोन बिजि सबिरा जेभि महाराजगंजलाई दिएको जानकारी गराएको हो ।
नगरपालिकाले गत भदौ २२ गते कृषि बजार निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । तोकिएको समयभित्र प्राप्त भएका बोलपत्रमध्येबाट न्यू ड्राइगोन बिजि सबिरा जेभि महाराजगंज लाई छनौट गरेको नगरपालिकाले जनाएको छ ।
कृषि बजार निर्माणका लागि यस कम्पनीले पाँच करोड चार लाख ३५ हजार ९६५ रुपैयाँ रकम कबोल गरेको छ ।
नगरपालिका भित्रै कृषि बजार निर्माण हुने भएपछि स्थानीयबासी र व्यापारी समेत खुसी भएका छन् । आफूले उत्पादन गरेका सामाग्री नगरभित्रै बिक्रिवितरण गर्ने व्यवस्था मिल्ने भएकोमा स्थानियस्तरमा कृषि व्यवसाय गर्ने कृषक पनि हर्षित बनेका छन् ।