सुर्खेत। कर्णाली प्रदेश अन्तर्गतको वीरेन्द्रनगर नगरपालिकाले वडा नं. ९ मा अवस्थित रहेको लाटीकोइली स्वास्थ्य चौकीमा १५ शैय्याको अस्पताल निर्माण गर्ने भएको छ। सो स्वस्थ्य चौकीमा थप सेवा सुविधा दिने उद्देश्यले अस्पताल निर्माण गर्ने भएको हो। उपचारको लागि आउने विरामीहरुको लागि राम्रो व्यवस्था नभएको र सिकिस्त विरामी भएका विरामीको लागि शैय्याको आवश्यक परेको हुनाले पनि अस्पताल निर्माण गर्न लागिएको हो।
करिब १२ करोड ८६ लाख भन्दा माथिको लागतमा श्री आशिष-माउण्ट पुमोरी जे.भि.कम्पनीले ठेक्का लिइसकेको छ। उक्त कम्पनीले समयमा नै काम सम्पन्न गर्ने सर्तमा सम्झौता गरेको हो। उक्त अस्पताल निर्माण हुने भएपछि त्यहाँका स्थानीयहरुले समयमा नै उपचार पाइने कुरामा विश्वास राखेका छन्।