जाजरकोट। कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत ठुलीभेरी नगरपालीका ९ स्थीत डोल्पाका १७० घरधुरीलाई निःशुल्क सोलार वितरण गरिएको छ। सोलार शनिबार मोतीपुर, डाँगीबाडालगाएतका बस्तीका नागरीकलाई गरी वितरण गरिएको हो।
वडा अध्यक्ष बिर्मलकुमार भण्डारीका अनुसार नगरपालीकाको रु २० लाख र कर्णाली प्रदेश तथा मन्त्रिपरिषद् कार्यालयको ५० लाख गरेर कुल रु ७० लाख सहयोगमा सम्पुर्ण वडाका वडावासी लाभान्वित हुने गरि सोलार वितरण गरिएको हो। उहाँका अनुसार जनताकै ईच्छा अनुसार वडाका प्रत्यक घरधुरीलाई २०० वाटको प्यानल र १५० एम्पियरको ब्याट्री निःशुल्क वितरण गरिएको छ। उक्त स्थानमा सोलारको वितरण पछी जनता खुशी हुनुका साथै उज्यालो मा बस्न पाउने छन्।