काठमाडौं। सिद्धि खोलाको विद्युत प्रणालीमा जोड्न प्रसारण लाइन निर्माण गरिने भएको छ। सिद्धि हाइड्रो पावर कम्पनी लिमिटेडले १० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न १६ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको हो।
प्रवर्द्धक कम्पनीले इलाम जिल्लाको रोङ गाउँपालिकामा निर्माणाधीन आयोजनाको स्वीचयार्डदेखि सोही जिल्लाको सुर्योदय नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरणको फिक्कल सबस्टेनसम्म ३३ केभी सिंगल सर्किट प्रसारण लाइन निर्माण गर्ने भएको छ । विद्युत विकास विभागले प्रसारण लाइन निर्माण गर्न कम्पनीको नाममा अनुमति दिने प्रकृया पूरा हुने क्रममा छ।
कम्पनीलाई अनुमति पत्र दिन विभागले ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।
विभागले अनुमतिपत्र दिनुअघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ।