काठमाण्डौं। जलस्रोतविद्हरूका अनुसार मुलुकको आर्थिक विकास जलविद्युतको विकासबाट मात्र हुनेछ।
काठमाडौंमा संखुवासभा–काठमाडौ पत्रकार समाजले गरेको ‘हाइड्रोपावरको सम्भावना र चुनौती’ भन्ने बिषयको कार्यक्रममा जलस्रोतको उचित प्रयोगबाट मात्र मुलुकको विकास हुने उनिहरुले बताए।
देशका अन्य जिल्ला भन्दा संखुवासभामा हाइड्रोपावरको धरै सम्भावना भनी जनताको विद्युत् कार्ययोजना अनुसार लगानी गर्ने वातावरण हुनु पर्नेमा पुर्व उर्जासचिवले जोड दिनुभयो।
माथिल्लो अरुणजस्ता आयोजनाहरुमा लगानी गनुपर्ने कुरामा पनि जोडदिनु पर्ने कुरा अगाडी बढाउनु भयो। उक्त कार्यक्रममा सहभागी भएकाहरुका अनुसार अरुण तेस्रो निर्माणाधीन अवस्थामा रहेको र तल्लो अरुण र माथिल्लो अरुणजस्ता आयोजनाहरुको विश्व बैंकबाट सर्भे भइसकेकोले जनताको लगानीमा बन्नुपर्नेमा जोड दिनुपर्नेछ।