काठमाडौं। म्याग्दीको रघुगङ्गा गाउँपालिका कार्यालयको भवन निर्माण गरिएको छ। गाउँपालिकाले मौवाफाँटमा भवन निर्माण गरी सेवा प्रवाह गर्न सुरु गरिएको हो।
चौध कोठाको दुईतले भवनबाट सेवा प्रभाव गर्न सुरु गरिएको गाउँपालिकाले जनाएको छ। उक्त भवन रु एक करोड ६८ लाखको लागतमा निर्माण गरिएको हो।
अहिले माथिल्लो तलामा २०० जना अटाउने सभाहल निर्माण भइरहेको छ। भवन र सभाहल ठेक्कामार्फत रु ७६ लाख तथा उपभोक्ता समितिमार्फत रु ५३ लाखमा निर्माण अघि बढेको थियो। त्यसअघि गाउँपालिकालले सेवा प्रवाहका लागि ६ घर भाडामा लिएर मासिक रु ८५ हजार भाडा तिर्दै आएको थियो। अब मासिक रु ५० हजार घरभाडा बराबरको रकम जोगिने भएको छ।