काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल निजामति कर्मचारी सङ्गठन झापा शाखाको नवनिर्मित भवनको उद्घाटन गरेका छन्। विसंं २०७० माघ ५ गते उनले नै शिलान्यास गरेको उक्त भवनको हिजो उद्घाटन गरेका हुन्।
एक करोड ८८ लाख नौ हजार ५७० लागतमा निर्माण भएको उक्त भवन दुईतलाको रहेको छ। जहाँ सोह्र कोठा रहेका छन्।
भवन निर्माणका लागि राष्ट्र सेवक सहकारी संस्थाबाट रु ५० लाख, शान्ति मन्त्रालयबाट रु २८ लाख, तत्कालीन जिल्ला विकास समितिबाट रु तीन लाख ८२ हजार, सांसद विकास कोषबाट रु एक लाख ९६ हजार २५०, जिल्ला प्राविधिक कार्यालयबाट रु एक लाख ९० हजार, भद्रपुर नगरपालिकाबाट रु एक लाख ४६ हजार सहयोग पा्रप्त भएको सङ्गठनले जनाएको छ। यसैगरी विभिन्न दाताबाट रु ४२ लाख ४१ हजार ६१३ सङ्कलन भएको थियो।