सप्तरीको भेडियामा नवनिर्मित इलाका प्रहरी कार्यालय भवनको उद्घाटन भएको छ। उक्त भवनको उद्घाटन प्रदेश नम्बर दुईअन्तर्गत आन्तरीक मामिला तथा सञ्चारमन्त्रीले गर्नु भएको हो।
उक्त भवनको उद्घाटन समारोहमा उहाँले प्रदेशको सुरक्षाको जिम्मेवारी प्रदेश सरकारले लिने जनाउनु भयो। प्रहरी प्रशासनको व्यवस्थित कार्यालय र आवासको जिम्मेवारीप्रति गम्भिर रहेको पनि आन्तरीक मामिला तथा सञ्चारमन्त्रीले बताउनु भयो।
सोही भवनको उद्घाटन कार्यक्रममामा सहभागी हुनुभएका आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण, २ नम्बर प्रदेश कार्यालय टिएसटी प्रमुख प्रहरी निरीक्षक चिरञ्जिवी प्रसाद महतो लगाएत विभिन्न पदमा आवद्ध हुनुभएका व्यक्तिहरुले सम्बोधन गर्नुभएको थियो। उद्घाटन भएको नयाँ भवनमा सबै प्रकारका काममा सहज हुने इलाका प्रहरी कार्यालयले जनाएको छ।